जापानमा बसोबास गर्नुहुने नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुले दूतावासमा आफ्नो ब्यक्तिगत विवरण दर्ता गर्न यहाँ क्लीक गर्नुहोस
नेपाली   日本語   English

राहदानी र नेपाली नागरिकताको सम्बन्धमा



राहदानी फाराम डाउनलोड गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नु होला
  • PDF Format यो फाराम डाउनलोड गरेर कम्पियुटरमार्फत भर्न सक्नुहुन्छ।
  • PDF Format यो फाराम डाउनलोड गरेर हातले फाराम भर्न सक्नुहुन्छ। Download Acrobat Reader

राहदानी / यात्रा अनुमति पत्र (ट्राभल डकुमेण्ट ) सम्वन्धी व्यवस्था

नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय बमोजिम मेशिन रिडेवल राहदानी MRP जारी गर्ने सम्वन्धमा आवश्यक तयारी भैरहेको छ। मेशिन रिडेवल राहदानी जारी गर्ने तथा राहदानी सम्वन्धी अन्य काम कारवाही गर्नका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालय अर्न्तर्गत रहने गरी केन्द्रीय राहदानी कार्यालयको स्थापना गरी उक्त कार्यालयले कार्यारम्भ गरिसकेको व्यहोरा जानकारी गराइन्छ। निकट भविष्यमा जारी गरिने मेशिन रिडेवल राहदानीको प्रकृया सम्वन्धमा निम्न बमोजिमको व्यहोरा अनुरोध छ।

१. हाल जारी भैरहेको हस्तलिखित राहदानीहरु तथा Book Type को यात्रा अनुमतिपत्र यही मिति २०६७ पौष ४ गतेसम्म मात्र जारी गर्न सकिनेछ। कुनै नेपाली नागरिक विदेशमा राहदानी हर्राई अलपत्र परेमा निजको तत्काल उद्धार गरी नेपाल पठाउन हाल प्रचलनमा रहेको एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सकिनेछ।

२. मिति २०६७ पौष ४ सम्म जारी हुने हस्तलिखित राहदानी र यात्रा अनुमतिपत्रहरु त्यसमा उल्लिखित वहाल रहने अवधिसम्म मान्य हुनेहुँदा ६ महिनाभन्दा बढी म्याद बा“की भएका हस्तलिखित राहदानी वाहकहरुका राहदानीमा पेज सकिएकोमा वाहेक मेशिन रिडेवल राहदानीका लागि निवेदन गर्न आवश्यक छैन ।

३. मेशिन रिडेवल राहदानी जारी गर्ने ब्यबस्थालाई नियमित गर्न राहदानी नियमावली, २०६७ तथा राहदानी निर्देशिका २०६७ जारी भैसकेका छन। विस्तृत जानकारीका लागि उक्त नियमावली केन्द्रीय राहदानी कार्यालयको वेवसाइट www.cpo.gov.np मार्फत डाउनलोड गर्न सकिनेछ।

४. मेशिन रिडेवल राहदानीका लागि राहदानी नियमावली, २०६७ को अनुसूचि २ मा नयाँ दरखास्त फारामको नमूना तोकिएको छ। उक्त फाराम यस कार्यालयको वेवसाइट www.cpo.gov.np बाट डाउनलोड गर्न सकिनेछ विदेशमा बसोवास गर्ने नेपाली नागरिकहरुले MRP का लागि निवेदन दिंदा उक्त फारामलाई कम्प्यूटरमा टाइप गरी प्रिन्ट गरेर नियोगमा पेश गर्नुपर्नेछ। कम्प्यूटरबाट भरी प्रिन्ट गर्न सम्भव नभएमा उक्त फारामलाई गाढा कालो मसीले सफा शुद्ध र पूर्ण रुपले भरी दुई प्रति फाराम पेश गर्नुपर्नेछ। फाराम भर्ने तरिका कार्यालयको वेवसाइट www.cpo.gov.np मा राखिएको छ। फाराम प्रिन्ट गर्दा वेवसाइटमा लेखिएको निर्देशन अमल गरी प्रिन्ट गरिएको फाराम मात्र मेशिनले पढ्न सक्ने हुँदा उक्त निर्देशन पालन गरी फाराम प्रिन्ट गर्नुहुन अनुरोध छ।

५. नियोगमा राहदानीका लागि निवेदन लिँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा पुरानो राहदानीको सक्कल प्रति समेत फाराम साथ पेश गर्न लगाउनुपर्नेछ। त्यसरी प्राप्त निवेदनहरुलाई नियोगले नागरिकताको प्रमाणपत्रको सक्कल वा पुरानो राहदानीसँग भिर्डाई निवेदकले भरेको फाराम राहदानी नियमावली २०६७ तथा राहदानी निर्देशिका २०६७ बमोजिम पूर्ण, स्पष्ट र बुझिने गरी भरे नभरेको रुजुगरी रीत नपुगेको भएमा रीत पुर्याउन लगाइ, नियमावलीको अनुसूचि ४ तथा नियम १७ को उपनियम २ बमोजिमको राजश्व बुझी सोको पहिलो प्रति रसिद/भौचर निवेदकलाई दिने, दोस्रो प्रति निवेदन फारामसाथ संलग्न राखी केन्द्रीय राहदानी कार्यालयमा पठाउने र तेस्रोप्रति नियोगको अभिलेखमा राखिनेछ।

६. राहदानी निवेदन फाराममा भरिने विवरण, औंठा छाप तथा हस्ताक्षर डिजिटल प्रविधिद्वारा स्क्यान गरी राहदानी तयार गर्न प्रयोग गरिने हुँदा फाराम भर्दा केरमेट गर्नुहुंदैन। निवेदन फाराममा तोकिएको Applicant’s Signature बक्समा गाढा कालो मसीले निवेदकको पूरा दस्तखत गरिएको हुनुपर्नेछ। उक्त दस्तखतलाई डिजिटल प्रविधिबाट Capture गरी निवेदकको राहदानीमा राखिने हुँदा सो दस्तखत निवेदकले सँधै गर्ने दस्तखतसँग मिल्ने र पूर्ण हुनुपर्नेछ। फरक परेमा निवेदक स्वयं जिम्मेवार हुनेछ।

७. MRP का लागि निवेदकले पेश गर्नुपर्ने फोटो सम्वन्धी विवरण कार्यालयको वेवसाइट तथा नियमावलीको अनुसूचि ३ मा राखिएको छ। उक्त विवरणमा उल्लिखित मापदण्ड बारेमा जानकारी राख्नुहुन अनुरोध छ। राहदानी निवेदन साथ तोकिएको मापदण्ड पुग्ने फोटो मात्र स्वीकार गरिनेछ।

८. नियोगमार्फ प्राप्त निवेदनहरु उपर केन्द्रीय राहदानी कार्यालयले आफु कहाँ निवेदन प्राप्त भएको मितिले सामान्यतयाः ६ देखि ८ हप्ता भित्रमा मेशिन रिडेवल राहदानी तयार गरी कुटनैतिक थैली मार्फ सम्वन्धित नियोगमा पठाउनेछ। त्यसरी प्राप्त भएका तयारी राहदानीमा नियोगको सम्वन्धित अधिकारीले जारी गर्ने अधिकारीका रुपमा हस्ताक्षर गरी निवेदकलाई राहदानी जारी गरी भर्पाई फाइल संलग्न राख्नुपर्नेछ।

९. मेशिन रिडेवल राहदानी जारी गर्ने नया“ प्रविधि स्थिर र Streamlined भएपछि समयावधि थपघट हुनसक्ने भएमा सोको सूचना यथासमयमा गरिनेछ।

१०. MRP को निवेदन फाराम, फोटो सम्वन्धी विवरण, फाराम भर्ने तरिका, राहदानी दस्तुर लगायत अन्य विस्तृत जानकारीका लागि केन्द्रीय राहदानी कार्यालयको वेवसाइट www.cpo.gov.np मा राखिएको राहदानी नियमावली २०६७ तथा अन्य सूचनाहरु डाउनलोड गरी हेर्न सकिनेछ।

११. विदेशमा रहेका नेपाली राहदानी वाहकको राहदानी वहाल रहने अवधि समाप्त भएमा, राहदानी हराएमा वा नासिएमा वा झुत्रो भै प्रयोग गर्न नसकिने भई नयाँ बनाउनका लागि निवेदन दिएमा आवश्यक परेको अवस्थामा निजलाई मेशिन रिडेवल राहदानी जारी नहुन्जेलसम्मका लागि नियोगबाट अस्थायी राहदानी जारी गर्न सकिनेछ। त्यस्तो राहदानी जारी भएको मितिबाट सामान्यतः ६ महिनासम्म वहाल रहनेछ। त्यसरी जारी भएका अस्थायी राहदानीहरुमा Temporary Passport भन्ने व्यहोराको छाप लगाइनेछ।

नावालकको तस्वीर तथा विवरण आमा वा बाबुको राहदानीमा समावेश गर्नकालागि निम्न कागजात प्रेषण गर्नु पर्नेछ ।

क. आमा र बावु दुबैको सक्कल राहदानी

ख. विवाह दर्ता प्रमाणपत्र

ग. आमा र बाबुको नागरिकताको प्रमाण पत्र

घ. नावालकको जन्म दर्ता प्रमाण पत्र र दुइ थान तस्वीर।

ङ. यस कार्यको लागि येन ३००० (तीन हजार)दस्तुर लाग्ने छ ।

नेपाली नागरिकता ऐन २०६३

८. संविधान प्रारम्भ हुँदाका बखतको नागरिकताः -

  • (१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेको र यस भाग बमोजिम नागरिकता प्राप्त
    गर्न योग्य व्यक्तिहरू नेपालका नागरिक हुनेछन् ।

  • (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा
    नेपालको नागरिक ठहर्नेछः-

    1. (क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नागरिकता प्राप्त गरेको व्यक्ति,
    2. (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।


  • (३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ ।

  • (४) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा सो क्षेत्रभित्र बसोवास भएको व्यक्ति प्रचलित कानूनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।

  • (५) सम्वत् २०४६ साल चैत्र मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोवास गर्दै आएको व्यक्तिले प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । तर यस व्यवस्था अर्न्तर्गत नागरिकता प्राप्त गर्न प्रचलित कानूनमा व्यवस्था भए बमोजिम एक पटकको लागि तोकिएको अवधिभित्र निवेदन दिइसकेको हुनु पर्नेछ ।

  • (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अंगीकृत नेपाली नागरिकता लिन सक्नेछ ।

  • (७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको र बावुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।


नेपाली नागरिकता त्याग गर्ने कार्यविधि:


  • (१)कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपाल भित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र बिदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नियोग प्रमुख वा महावाणिज्यदुत वा वाणिज्यदुतसमक्ष गरी अनुसूचि-९ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ।

  • (२) उपनियम (१) बमोजिम बिदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नियोग प्रमुख वा महावाणिज्यदुत वा वाणिज्यदुतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लिखी पठाउनु पर्नेछ ।

  • (३) उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनु पर्नेछ ।

  • (४) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूचि-१० बमोजिमको ढाँचामा दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखी त्यस्तो ब्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ ।

नागरिकता त्याग गर्ने फाराम

  • Word 2007 Format यो फाराम डाउनलोड गरेर आफ्नो कम्पुर मार्फत फाराम भर्न सक्नुहुन्छ।
  • Word 97-2003 Format यो फाराम डाउनलोड गरेर आफ्नो कम्पुर मार्फत फाराम भर्न सक्नुहुन्छ।
  • PDF Format यो फाराम डाउनलोड गरेर हातले फाराम भर्न सक्नुहुन्छ।
नेपाली राजदूतावास
टोकियो जापान

नेपाली राजदूतावास

फुकुकावा हाउस 'B'
६-२०-२८ सिमो मेगुरो, मेगुरो कु,
टोकियो १५३-००६४, जापान
फोन: ०३-३७१३-६२४१
फोन: ०३-३७१३-६२४२
फ्याक्स: ०३-३७१९-०७३७
राजदूतावासको ईमेल
राजदूतावासमा आउने तरिका
साजसज्जा / प्रविधीः शेर्पा एन. सोनाम