| | नेपाली राजदूतावास,टोकियोको आयोजनामा जापानको प्रतिष्ठित औद्योगिक शहर नागोयामा चौथो लोकतन्त्र दिवसक सम्पन्न - Thu 29-Apr-2010 |
चौथो लोकतन्त्र दिवसका सुखद उपलक्ष्यमा नेपाली राजदूतावास, टोकियोले यही वैशाख १२ -२५ अप्रिल) को सांझ जापानको प्रतिष्ठित औद्योगिक शहर नागोयामा एक विशेष समारोहको आयोजना गर्यो । समारोहमा जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योन्जन तामाङले २०६२।६३ सालको दोस्रो जनआन्दोलनमा मुलुकमा लोकतन्त्रको बहालीकालागि जीवन उर्त्र्सग गर्ने नेपाल आमाका सपुत शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्नु हुदैं १९९७ सालदेखि नेपाली जनतालाई र्सार्वभौम, स्वतन्त्र र अधिकारसम्पन्न बनाउने जनकान्ति र जनआन्दोलनमा सहभागी योद्धा दिदीबहिनी तथा दाजुभाइहरुमा सम्मान व्यक्त गर्नुभयो । |
| र्सार्वजनिक सूचना - २० मार्च २०१० |
नेपाली राजनीतिका शिखर पुरुष, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री गिरिजा प्रसाद कोइरालाको २०६६ चैत्र ७ तदनुसार २० मार्च २०१० मा असामयिक देहावसान भएको खवरले हामी स्तव्ध र दुखित भएका छौं ।
|
| होक्काईडोमा पर्यटन प्रवर्द्धन कार्यक्रम - Sat 11-July-2009 |
| नेपाली राजदूतावास, टोकियोको आयोजनामा होक्काइडोको प्रमुख शहर साप्पारोमा यही जुलाई ११ तारिखका दिन नेपालको पर्यटन प्रवर्द्धनात्मक सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भयो । |
| काठमाण्डौ-मात्सुमोतोको २० औं वाषिर्कोत्सव - Tue 07-July-2009 |
| नेपाली राजदूतावास टोकियोको आयोजनामा काठमाण्डौ-मात्सुमोतो शहर र टुकुचे, मुस्ताङ्ग - तोगा,जापानवीच भगिनी सम्बन्ध स्थापना भएको २० औं वाषिर्कोत्सवको सुखद उपलक्ष्यमा यही जुलाई ४ र ६ तारिखका दिन जापानको मात्सुमोतो र तोगा शहरहरुमा दुईबटा विशेष कार्यक्रम को आयोजना भयो । राजदूतावासले यस अवसरमा आर्थिक कुटनीति कार्यक्रमअर्न्तर्गत पुगौं एक पटक लुम्विनी भन्ने नाराका साथ नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको समेतआयोजना गरिएको थियो । |
| नेपाली राजदूतावास, टोकियोको सार्वजनिक सूचना - १ जनवरी २००९ |
| बिभिन्न पेशा तथा व्यवसायमा जापानका विभिन्न प्रान्त, क्षेत्र र शहरहरुमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई यस राजदूतावासबाट हुने प्रशासनिक कार्यप्रणाली, प्रक्रिया र कार्यक्रमहरुका सम्बन्धमा सुसूचित गराउने उद्धेश्यले यो र्सार्वजनिक सूचना जारी गरिएको छ । |