काठमाण्डौ-मात्सुमोतोको २० औं वाषिर्कोत्सव
Posted on: Tue 07-July-2009
काठमाण्डौ-मात्सुमोतो शहर र टुकुचे, मुस्ताङ्ग - तोगा,जापानवीच भगिनी सम्बन्ध स्थापना भएको २० औं वाषिर्कोत्सव



नेपाली राजदूतावास टोकियोको आयोजनामा काठमाण्डौ-मात्सुमोतो शहर र टुकुचे, मुस्ताङ्ग - तोगा,जापानवीच भगिनी सम्बन्ध स्थापना भएको २० औं वाषिर्कोत्सवको सुखद उपलक्ष्यमा यही जुलाई ४ र ६ तारिखका दिन जापानको मात्सुमोतो र तोगा शहरहरुमा दुईबटा विशेष कार्यक्रम को आयोजना भयो । राजदूतावासले यस अवसरमा आर्थिक कुटनीति कार्यक्रमअर्न्तर्गत पुगौं एक पटक लुम्विनी भन्ने नाराका साथ नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको समेतआयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा जापानकालागि महामहिम राजदूत डा. गणेश योन्जन तामाङ्गज्यू र सोही कार्यक्रममा सहभागी हुन काठमाण्डौ नगरपालिकाको प्रतिनिधिकारुपमा आउनु भएका श्री वसन्त आचार्य र गम्भीरलाल श्रेष्ठ अतिथिका रुपमा सहभागी हुनु भएको थियो । जुलाई ३ तारिखका सांझ उक्त शहरमा पुग्नु भएको थियो । सोही साझ महामहिम राजदूतज्यूको सम्मानमा मात्सुमोतो चेम्वर अफ कमर्शका अध्यक्ष Mr. Tamotsu Inoue ले एक रात्रिभोजको आयोजना गर्नु भएको थियो ।

मात्सुमोतो शहरमा जुलाई ४ तारिखका दिन नेपाली र जापानी खेलाडीहरुको बीचमा महामहिम राजदूत डा. गणेश योन्जन तामाङ्गको उपस्थितिमा एक मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भयो । महामहिम राजदूतज्यूबाट खेलाडीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । सोही सांझ मात्सुमोतो शहरको सिटी हलमा भव्य रात्रिभोजको आयोजना गरिएको थियो । समारोहमा विशिष्ठ जापानी महानुभाव तथा मात्सुमोतो शहरमा बसोवास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको ठूलोसंख्यामा उपस्थिति रहेको थियो । उक्त समारोहमा मात्सुमोतो शहरका मेयर डा. Akira Sugenoya, Mr. Masahiro Akahae, Commissioner of Mstsumoto City Council, जापान-नेपाल सोसाइटीका अध्यक्ष तथा नेपालका लागि पूर्व जापानी राजदूत Mr. Chuichi Ito को समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुदै जापानकालागि नेपाली राजदूत महामहिम डा. गणेश योन्जन तामाङ्गले नेपाल र जापानबीचको सम्वन्ध ऐतिहासिक र सुमधुर छ र जापानी जनता र सरकारको उदार र भातृत्वपूर्ण सहयोगद्धारा यो सम्वन्ध अझ सुदृढ र घनिष्ठ रहेको छ भन्ने विचार व्यक्त गर्नुभयो । प्रकृति र संस्कृतिको एउटा सुन्दर संगमका रुपमा रहेको नेपाल सानो तर सुन्दर राष्ट्र हो भन्नुहुदै महाममहिम राजदूत डा. तामाङ्गले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत संसारकै सात उच्च शिखरहरु, हजारौं प्राकृतिक नदनदी, झर्ना र तालतलैया भएको मुलुक नेपाल संसारकै एक लोकप्रिय, आकर्ष र चीरस्थायी पर्यटन केन्द्रका रुपमा विकसित भइरहेको छ भन्नुभयो । संसारलाई शान्ति, अहिंसा, सहअस्तित्व र मानवताको सन्देश दिनुहुने भगवान गौतम वुद्धले जन्म लिनु भएको नेपालको लुम्विनी हो र त्यसमा हामी गर्व गर्दछौं भन्नुहुदै महामहिम राजदूतले लुम्विनीको विकासका लागि जापानलगायत अन्तरराष्ट्रिय समुदायको सहयोग र सदाशयताकालागि हामी अनुगृहित छौ र भविष्यमा यो सहयोग अझ अभिवृद्धि हुने अपेक्षा राखेका छौं भन्ने धारणा व्यक्त गर्नु भयो । अन्तमा उपस्थित जापानी पाहुनाहरुलाई भगवान वुद्धप्रति श्रद्धान्जली व्यक्त गनर्, भगवान वुद्धको पवित्र जन्मस्थल लुम्विनीलगायत नेपालका भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका दर्जनौ स्थलहरुको भ्रमण गर्न तथा नेपाली जनताको भातृत्वपूर्ण, मैत्रीपूर्ण र मुस्कान मिश्रति न्यानो आतिथ्यको अनुभव गर्न नेपाल भ्रमण अपरिहार्य छ भन्नुहुदैं राजदूत डा. तामाङ्गले काठमाण्डौं र मात्सुमोतो शहरवीचको भगिनीसम्वन्ध अझ सुदृढ, सुमधुर र फलदायी होस् भन्ने शुभकामना पनि व्यक्त गर्नु भयो । उक्त अवसरका मात्सुमोतो शहरमा मेयर महामहिम डा. Sugenoya ले काठमाण्डौ र मात्सुमोतो शहर र जापान-नेपाल सम्वन्धका वारेमा प्रकाश पार्नुहुदैं दुई देशवीच सरकारी सम्वन्धका साथै जनस्तरमा पनि सुमधुर सम्वन्ध रहेको छ र काठमाण्डौं र मात्सुमोतो शहरवीचको भगिनीसम्वन्ध यसको ज्वलन्त उदाहरण हो भन्ने विचार व्यक्त गर्नुभयो । धार्मिक, सांस्कृतिक र स्वभावका समानताले नेपाली र जापानी जनता एकअर्काका नजीक र शुभेच्छुक छन् भन्नुहुदै महामहिम श्री Sugenoya ले मात्सुमोतो नगरपालिकाले काठमाण्डौं नगरपालिकाको विकासमा भविष्यमा ठोस योगदान गर्नसक्ने कार्यक्रमहरु ल्याउने छ भन्ने धारणा व्यक्त गर्नु भयो ।

कायक्रममा जापान-नेपाल सोसाइटीका अधयक्ष महामहिम Mr. Chuichi Ito ले टोष्ट प्रस्ताव गर्नु हुदै काठमाण्डौ र मात्सुमोतो शहर बीचको भगिनी सम्वन्धको सफलताको कामना गर्नु भयो ।

कार्यक्रमको अन्तमा सागीतिक समूहमा पंच लामा तथा साथीहरुले नेपाली संगीत तथा नृत्य सहितको रोचक संस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

जुलाई ६ तारिखका दिन मुस्ताङ्गको टुकुचे र नान्तो शहरको तोगा ग्राम बीच भगिनी सम्बन्ध स्थापना भएको २० औं वाषिर्को त्सवको उपलक्ष्यमा तोगा गांउमा विविध कार्यक्रमकासाथ एक रात्रिभोजको आयोजना गरियो । उक्त कार्यक्रममा नान्तो शहरका मेयर श्री Tanaka, जापानी प्रतिनिधिसभाका सदस्य माननीय श्री Tamisuke Watanuke, जापानी राष्ट्रिसभाका सदस्य माननीय श्री Tsunenori Kawai लगायत अन्य विशिष्ठ महानुभावहरुका साथै, तौयामा र नान्तो शहर र तोगा ग्राममा बसोबास गरिरहनु भएका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको पनि ठूलोसंख्यामा उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुदै महामहिम राजदूत डा. तामाङ्गज्यूले मुस्ताङ्गको टुकुचे र जापानको तोगा ग्रामवीच भगिनीसम्बन्ध स्थापनाको बीसौं वाषिर्कोत्सवको यो भव्य आयोजनाले हाम्रा दुई देशका जनतावीच सुमधुर, सहयोगी र घनिष्ठ सम्वन्ध रहेको प्रमाणित गर्छ भन्नुभयो दुई देश र जनताबीच धार्मिक, सांस्कृतिक र सामाजिकसम्वन्ध जनस्तरमा विस्तार र व्यापक गर्नु आजको आवश्यकता हो भन्ने धारणा व्यक्त गर्नु भयो । महामहिम डा.तामाङ्गले तोगाका सुन्दर स्वच्छ पहाडहरु, चिसो मौसम, सफा नीलो आकाश र न्यानो एवं आत्मीय आतिथ्यले हामीलाई नेपालको सम्झना गराइरहेको छ भन्नुहुदैं हाम्रा धार्मिक र सांस्कृतिक आस्था र मूल्यमान्यताहरुको समानता एवं शान्ति, अहिंसा र मानवताका सम्वन्धमा समान विचार रहनुले पनि नेपाल र जापानी जनताबीच सम्बन्धका मजवुत आधारहरु प्रदान गरेका छन् भन्नुभयो । महामहिम नेपाली राजदूतले टुकुचे र तोगाबीचको भगिनीसम्बन्ध भविष्यमा अझ प्रगाढ र फलदायी होस् र यो सम्वन्ध र्सार्थक सहयोगको आदान प्रदानको स्तरमा विकसित होस् भन्ने शुभकामना व्यक्त गर्नुहुदैं महामहिम डा. तामाङ्गले तोगालगायात जापानका विभिन्न शहरका वृद्धवृद्धा र युवकयुवतीहरुले लुम्विनीलगायत नेपालका भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका दर्जनौं पवित्र स्थानहरुको भ्रमण गरी जनस्तरमा नेपाल र जापानवीचको सम्वन्ध व्यापक गर्नु परेको छ भन्ने भावना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं शहरका मेयर श्री Mikio Tanaka ले भगवान वुद्धका शान्ति, अहिंसा र मावनताको सन्देशबाट प्रभावित जापान र भगवान वुद्धका पवित्र जन्मस्थल भएको नेपाल एक अर्काको सहयोगी, शुभेच्छुक र मित्र राष्ट्रहुन् भन्नुभयो उहांले नेपाल र जापानवचिको सरकारीस्तरको सम्वन्धलाई जनस्तरमा समेत विस्तारित गरी नेपालबाट उत्पादित वस्तु तथा सामग्रीहरु जापानको वजारमा लोकप्रिय गराउनु आजको आवश्यकता हो भन्नुभयो । आफ्नौ सम्वौधनका क्रममा जापानी प्रतिनिधिसभाका माननीय सदस्य श्री Tamisuki Watanuke नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिले एक धनी राष्ट्र हो भन्नुहुँदै दुई देशवीच सीधा हवाई सर्म्पर्क स्थापना गरी बढीभन्दा वढी जापानी पर्यटनहरुलाई नेपाल भित्र्याउन सके जापानी जनतामा नेपालप्रतिको सद्भाव र सहभाव वढने र नेपालको पर्यटन उद्योगलाई वढावा दिन पनि मद्दत पुग्ने थियो भन्ने विचार व्यक्त गर्नुभयो । तोगासम्म आईपुग्नु भएर महामहिम राजदूतले तोगाका जनताको मन जित्नु भएको छ भन्नुहुदैं माननीय श्री Watanuke ले टुकुचे ग्रामको विकासमा केही ठोस र र्सार्थक काम गरेर तोगाले पनि वहांको मन जित्नसक्नु पर्दछ भन्ने भावना व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्तमा नेपाली परिकारले सज्जित एक रात्रीभोजको आयोजना भयो ।उक्त रात्रिभोजमा आयोजना कार्यक्रममा प्रतिनिधिसभाका सदस्य माननीय श्री Watanuke ले टोष्ट प्रस्ताव राख्नु भएको थियो र कार्यक्रको अन्तमा महामहिम राजदूतज्यू र नान्तो शहरका मेयरले उपस्थित महानुभावहरुलाई सहभागिताकाकालागि धन्यवाद ज्ञापन गर्नुहंदैं कार्यक्रम समाप्तिको औपचारिक घोषणा गर्नु भयो ।








Back