| नेपाली राजदूतावास,टोकियोको आयोजनामा जापानको प्रतिष्ठित औद्योगिक शहर नागोयामा चौथो लोकतन्त्र दिवसक सम्पन्न Posted on: Thu 29-Apr-2010 |
| चौथो लोकतन्त्र दिवसका सुखद उपलक्ष्यमा नेपाली राजदूतावास, टोकियोले यही वैशाख १२ -२५ अप्रिल) को सांझ जापानको प्रतिष्ठित औद्योगिक शहर नागोयामा एक विशेष समारोहको आयोजना गर्यो । समारोहमा जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योन्जन तामाङले २०६२।६३ सालको दोस्रो जनआन्दोलनमा मुलुकमा लोकतन्त्रको बहालीकालागि जीवन उर्त्र्सग गर्ने नेपाल आमाका सपुत शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्नु हुदैं १९९७ सालदेखि नेपाली जनतालाई र्सार्वभौम, स्वतन्त्र र अधिकारसम्पन्न बनाउने जनकान्ति र जनआन्दोलनमा सहभागी योद्धा दिदीबहिनी तथा दाजुभाइहरुमा सम्मान व्यक्त गर्नुभयो ।
समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नुहुंदै राजदूत महामहिम डा. तामाङ्गले हामी आज लोकतन्त्र स्थापना भएको चौथो वर्षमनाइरहेका छौं भन्नुहुंदै सयौं नेपाल आमाका सपुतहरु र लाखौं जनताको एकतावद्ध जनआन्दोलनद्वारा प्राप्त लोकतन्त्रको खुशियालीमा आज सहभागी भैरहेका छौं भन्नुभयो । मुलुक आज लोकतान्त्रिक संविधान लेखनमा दत्तचित्त भएको छ भन्नुहुंदै राजदूत डा. तामाङ्गले र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफ्नो र्सार्वभौम अधिकारको प्रयोग गरी शान्तिका पक्षमा, लोकतन्त्रका पक्षमा र धर्मनिरपेक्ष, समावेशी र संघीय गणतन्त्रका पक्षमा जनताद्वारा जनताकालागि जनताको संविधान "नयां नेपालको सम्विधान" लेखिरहेका छन् भन्ने विचार व्यक्त गर्नुभयो । विश्वका अधिकांश मुलुकका सरकारहरु र नेपाली जनताका सच्चा मित्रहरु नेपालको लोकतन्त्रतर्फो, शान्ति र परिवर्तनतर्फको र समग्रमा आर्थिक, सामाजिक र सांस्कृतिक विकासप्रतिको नेपाली जनताको चाहना र प्रतिवद्धतालाई सहर्षस्वीकार गरिरहेका छन् भन्नुहुंदै महामहिम राजदूतले नेपालको समग्र विकास प्रयासमा अझ वढी आर्थिक र प्राविधिक सहयोगकौ आवश्यकता रहेको छ भन्नुभयो । नेपालको लोकतन्त्रको लर्डाईमा जापानमा रहनुहुने तपाईहरु सवै दाजुभाइ तथा दिदीबहिनीहरुको योगदान र सहकार्य रहेको कुराबाट हामी अनभिज्ञ छैनौं भन्नुहुंदै राजदूत डा. तामाङ्गले वर्तमानमा लेखिदैं गरेको संविधानमा पनि तपाईहरुको अमुल्य र र्सार्थक सुझाव प्राप्त हुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्नुभयो । नेपालमा लोकतन्त्र र गणतन्त्र अव निश्चित रुपमा संस्थागत र सफल हुन्छ र हुनुपर्छ भन्नुहुंदै महामहिम राजदूतले अब कुनैपनि किसिमको निरंकुशतन्त्र र सामन्तवादले कुनै पनि नाउंमा, कुनै पनि बहानामा स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र राष्ट्रिय अखण्डता एवं नेपाली जनताको र्सार्वभौमसत्ता अपहरण र असफल पार्न सक्नेछैन भन्ने विचार व्यक्त गर्नुभयो । महामहिम राजदूत डा. तामाङले हामी आज यो पवित्र दिनमा फेरि पनि लोकतन्त्र, गणतन्त्र र संघीयताका पक्षमा उभिंदै राष्ट्रिय राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता हुनेछ र सम्पूर्ण नेपाली जनता राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा एकतावद्ध भै उभिनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो । आजको दिन हामी सवै मिलेर कहिले पनि नेपाली जनताको मौलिक, राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक हक अधिकार हनन हुन नसक्ने पूर्ण लोकतान्त्रिक संविधान लेख्ने प्रण गरौं भन्नुहुदै महामहिम राजदूत डा. तामाङ्गले लोकतन्त्र दिवसको यो सुखद् अवसरमा उपस्थित सवैलाई बधाइ र शुभकामना प्रकट गर्नुभयो । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुंदै किता नागोया नगरका सिटी एसेम्वलीका अध्यक्ष महामहिम श्री Takanori Ota ले नेपाल र जापानवीचको सम्वन्ध सरकारी र संसदीय संगसंगै जनस्तरमा पनि उत्तिकै प्रगाढ भइरहेको छ भन्नुभयो । महामहिम श्री Ota ले नेपाली र जापानी जनतामा शान्ति, अहिंसा र सहअस्तित्वको समान धारणा र आस्था रहेको पाइन्छ भन्नुहुंदै बौद्ध धर्मबाट अनुप्राणित जीवनदर्शन र संस्कृति दुवै देशका विशेषता हुन् भन्नुभयो । नेपाल र जापानवीच भौगोलिक असमानता भए पनि सामाजिक, धार्मिक र सांस्कृतिक समानता छ भन्नुहुंदै महामहिम श्री Ota ले नेपाल र नेपालीप्रति चाख र चासो देखाउने यस्ता कार्यक्रमहरु आयोजना हुनु खुसीको कुरा हो भन्नुभयो । कार्यक्रममा लोकतन्त्र दिवसको सुखद् उपलक्ष्यमा नागोया नगरवासीका तर्फाट शुभकामना दिनुहुंदै नागोया नगरका पूर्व मेयर महामहिम श्री Katsuhisa Suzuki ले विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्विनी भएको सानो तर सुन्दर देश नेपाल जापानी जनताको आंखाको नानी भएर रहेको छ भन्नुभयो । नेपाल अव जापानीहरुका माझ अपरिचित छैन भन्नुहुंदै महामहिम श्री Suzuki ले नेपालका हिमालहरु, नेपाली जनताको न्यानो आतिथ्य र समृद्ध संस्कार र संस्कृतिले जापानी जनता वर्षौंदेखि आल्हादित भइरहेका छन् भन्नुभयो । नेपाल र जापानवीचको शताव्दी पुरानो सामाजिक, धार्मिक र सांस्कृतिक सम्वन्धलाई अव व्यापार र वाणिज्यका माध्यमबाट पनि सुदृढ र घनिष्ठ बनाउनुपरेको छ भन्नुहुंदै श्री Suzuki ले पर्यटन दुवै देशको एक महत्वपूर्ण सद्भाव र सम्भावनाको क्षेत्र हो भन्ने धारणा राख्नुभयो राजदूतावासका उप-नियोग प्रमुख डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको विशेष समारोहमा नेपाली राष्ट्रिय धून बजाइएको थियो । समारोहमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष श्री देवमान हिराचन, सदस्यद्धय श्री किरण बिक्रम थापा र श्री अरुणकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ, जापानका अध्यक्ष श्री भवन भट्ट, महासचिव डा. सुदीप अधिकारी, जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष श्री मोहन खत्री, नेकपा -एमाले) प्रवास कमिटीका उपसचिव डा. दिलीपचन्द्र घिमिरे, नेपाली जनसर्म्पर्क समिति, नागोयाका अध्यक्ष श्री डिलाराम खरेल, आदिवासी जनजाति महासंघ, नागोयाका अध्यक्ष श्री सुर्य तामाङ्ग र नेपाली विद्यार्थी संगठन, जापान -नेसाज) का अध्यक्ष श्री सरोज कंडेल लगायत विभिन्न संघसंस्था, समाज, जनजाति र क्षेत्रको प्रतिनिधित्व गर्ने नेपालीहरु करीव तीनसयको संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा श्री पारसमणि पोखरेलको संयोजकत्वमा स्थानीय नेपाली कलाकारहरुद्धारा रोचक संस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । समारोहमा जापान सरकारद्धारा अप्रिल महीनामा आयोजित राष्ट्रव्यापी जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा र्सवप्रथम हुनुहुने श्री जिज्ञानकुमार थापालाई राजदूतावासको तर्फाट सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना गरिएको थियो । तीनै दिन सांझ राजदूतावासमा दीपावली गरिएको थियो । लोकतन्त्र दिवसकै अवसरमा नागोयामा सोही दिन अपरान्ह नेपाल पर्यटन वर्ष २०११ सम्वन्धी एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नुहुंदै राजदूत डा. तामाङले प्रकृति, संस्कृति र सम्पदाको त्रिवेणीका रुपमा रहेको सानो तर सुन्दर राष्ट्र नेपाल विश्व भरका पर्यटकहरुको स्वागत र सत्कार गर्न सधैं सहर्षतयार छ भन्ने विचार व्यक्त गर्नुभयो । उहांले सर्वोच्च शिखर सगरमाथालगायत विश्वका आठ उच्च शिखरहरु र सात विश्व सम्पदाहरुले समृद्ध राष्ट्र नेपाल विविधतामा एकता भएको एक अनुपम भूमि हो भन्नुभयो । नेपाल सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षा रुपमा घोषणा गरेको चर्चा गर्नुहुंदै महामहिम राजदूतले नेपाल सो अवसरमा दशलाख पर्यटकलाई नेपाल भित्र्याउने अभियानमा लागेको छ र सो वर्षजापानबाट पनि एकलाख पर्यटकहरुलाई स्वागत गर्न हामी प्रतिवद्ध र अत्यन्तै उत्साही रहेका छौं भन्नुभयो । नेपाल र जापान दुई घनिष्ठ र अभिन्न मित्रराष्ट्र रहेको उल्लेख गर्नुहुंदै महामहिम राजदूतले सन् १८९९ मा महान् बौद्ध भिक्षु इकाई कावागुचीको नेपाली भूमिमा पहिलो पदार्पणबाट शुभारम्भ भएको नेपाल र जापानको जनस्तरको सम्वन्ध सांस्कृतिक, धार्मिक र सामाजिक रुपमा झन् सुदृढ र सुमधुर हुंदै गएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा चुवु विश्वविद्यालयका प्राध्यापक डा. मासायोसी उमेनो र योकोहामा विश्वविद्यालयका विद्यार्थी श्री जिज्ञानकुमार थापाले नेपालको प्रकृतिक र सांस्कृतिक सम्पदा र विविधतावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । |
| Back |